किरात याक्थुङ चुम्लुङ यूकेमा पहिलोपटक महिला अध्यक्ष

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी सेन्दाङ लिम्बु र महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ ।

हन्स्लो लन्डनमा १३ र १४ सेप्टेम्बर २०२४ मा आयोजित ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मतसहित सेन्दाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षहरुमा शान्तकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित हुनुभएको छ । चोङवाङले ४ सय ४ मत, याक्सोले ३ सय ९० र लाबुङले ३ सय ७७ मत पाउनुभएको थियो उपाध्यक्षका प्रतिस्पर्धीहरू विजय लिङ्थेपले ३ सय १५ र ताराप्रसाद कन्दङवाले ३२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महिला उपाध्यक्षमा सानु सुब्बा निर्विरोध निर्वाचित हुनुभयो ।

महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १७ मत प्राप्त गर्दै निवर्तमान महासचिव जुरेन्द्र खजुमलाई पराजित गर्नुभयो । खजुमले ३ सय ५८ मत ल्याउनुभएको थियो ।

सचिवमा महेशकुमार वनेम ३ सय ८० मतका साथ विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत ल्याउनुभएको थियो ।

महिला सहसचिव शकुन्तला नेम्बाङ निर्विरोध हुनुभयो ।

कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित हुनभयो । उहाँले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

सहकोषाध्यक्षमा भने सबिता लाबुङ लिम्बु निर्विरोध हुनुभएको छ ।

निर्वाचन मण्डलको अध्यक्षमा मेजर रिटायर्ड चितराज चोङबाङ, सदस्यहरू ले. रि सिरी लिम्बु, दुर्गा पाङ्ममा र सचिव नर थाम्सुहाङ रहनुभएको थियो ।

निर्वाचन मण्डल अध्यक्ष चोङ्बाङ्ले नवनिर्वाचित कार्यसमितिलाई लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

अध्यक्ष चोङ्बाङले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियोे भने गणेश इजमले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

सन् २००३ मा स्थापित चुम्लुङमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ ।

महाधिवेसनमा ९४७ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री