क्यान्सरपीडितका लागि बेलायतमा संकलित २ लाख १४ हजार सहयोग हस्तान्तरण

लन्डन । फिदिम नगरपालिका-४ की क्यान्सरपीडित १६ वर्षीया विपासा खबासको उपचार सहयोगार्थ बेलायतमा संकलित २ लाख १४ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

फिदिम-४ घर भई बेलायतमा बस्दै आउनुभएका सुक लिङ्देन र सुनु तुम्बापो गुरुङको सक्रियतामा संकलन भएको २ लाख १४ हजार रकम आइतबार बिरामीकी आमा सीता खबासलाई हस्तान्तरण गरिएको हो । उक्त रकम फिदिम-४ का वडाध्यक्ष उपेन्द्र लावती र समाजसेवी दिलकुमारी तुम्बापोले बिरामीकी आमालाई हस्तान्तरण गर्नुभयो ।

उक्त रकम सुनु र सुकले नेपालका विभिन्न जिल्लाबाट बेलायत आएका २७ जना नेपालीसॅग हातेमालो गरेर संकलन गर्नुभएको हो ।

आइतबार नै सुडानमा बस्दै आएका निवन तुम्बापोका तर्फबाट ५ हजार र फिदिम-७ रानीटार घर भई हाल कतारमा रहेकी सुरक्षा थुलुङले पठाएको १६ हजार ६ सय ६५ बिरामीलाई उपलब्ध गराइएको थियो । पीडितकी आमाले परिवारकै तर्फबाट सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

रक्त क्यान्सरबाट पीडित विपासाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री