ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनद्वारा मेयर च्यारिटीका लागि सहयोग

लण्डन । ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन ननिटनले मेयरको च्यारिटीका लागि एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको छ ।

शुक्रबार साँझ स्थानिय गोरखा कर्नर रेष्टुराँमा आयोजित एक कार्यक्रमबाट ५०० पाउण्ड संकलन गरी मेयरको च्यारिटीमा हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष भीम सारुले जानकारी दिनुभयो ।

कार्यक्रममा ननिटनका मेयर काउन्सिलर बिल ह्यानकक्स, श्रीमती मेयर शैला ह्यानकक्स लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ननिटनका नेपालीहरूको उल्लेख्य उपस्थिति हुनुका साथै बालबालिकाहरूले नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

एसोसिएनका अध्यक्ष भीम सारुले मेयरको च्यारिटीमार्फत स्थानीय जर्ज एलियट अस्पतालको क्यान्सर युनिटलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

नेपालीहरुबीच एकता कायम गर्दै सबै ननिटनबासीहरुबीच एकताको भाव विस्तार गर्न कार्यक्रम आयोजना गरिएको पनि अध्यक्ष सारूले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री