बेलायतद्वारा नागरिकलाई लेबनान छाड्न आग्रह, उद्धारमा ७ सय फौज पठाउने तयारी

लन्डन । इजरायलको आक्रमणका कारण तनाव चर्कंदै गएपछि बेलायतले नागरिकलाई लेबनान छाड्न आग्रह गरेको छ ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आफ्ना नागरिकको सुरक्षाका लागि लेबनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भन्नुभएको छ, – ‘हामी आकस्मिक योजनाहरू बढाउँदैछौं, हामी सम्भावित पूर्ण युद्धको छेउमा छौं ।’ बीबीसीका अनुसार लेबनानमा करिब १० हजार बेलायती रहेका छन् ।

बेलायती रक्षा मन्त्रालयले लेबनानबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन साइप्रसनजिकै करिब ७ सय फौज पठाउन लागेको छ ।

यस्तै अमेरिका, क्यानडा, फ्रान्स, साउदी अरब, अस्ट्रेलिया, जापानले पनि नागरिकलाई लेबनान छाड्न आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले लेबनानका विभिन्न स्थानमा गरेको आक्रमणमा लेबनानमा तीन दिनयता मारिनेको संख्या ५ सय ७३ पुगेको छ । मारिनेमध्ये सयभन्दा बढी महिला र बालबालिका छन् । करिब १८ सय जना घाइते भएका मन्त्रालयले जनाएको छ । बुधबारमात्रै कम्तीमा १५ जनाको ज्यान गएको छ । आक्रमणमा दर्जनौं घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले बुधबार तेबनाइन, बिन्ट जेबिल, जोउन, एन काना, अल–माइस्रा लगायतका स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री