बेलायतका प्रधानमन्त्री स्टार्मर र अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पबीच न्युयोर्कमा भेट

लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा अमेरिकाका पूर्वराष्ट्रपतिबीच डोनाल्ड ट्रम्पसँग भेट्नुभएको छ । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो ।
बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गर्नुभएको थियो । “मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।

स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जित्नुभएको थियो ।

ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गर्नुभएका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी हुनुहुन्थ्यो । स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री