युद्धविराम गर्न अमेरिका, बेलायतलगायत देशको आह्वान इजरायलले मानेन

लन्डन । इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तर्राष्ट्रिय आह्वान अस्वीकार गरेको छ ।

संयुक्त राज्य अमेरिका, बेलायतलगायत देशले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न साथै लेबनान र गाजामा कूटनीतिलाई मौका दिन २१ दिनको युद्धविरामको आह्वान गरेका थिए। यस योजनाका लागि अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन, बेलायती रक्षा सचिव जोन हेली र अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स आफ्नो समर्थन व्यक्त गर्नुभएको पेन्टागनले एक प्रेस विज्ञप्तीमा जनाएको छ ।

यसैबीच, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायलको सैन्य कारबाहीलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको कडा निन्दा गर्दै इजरायललाई हतियार आपूर्ति रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको अल जजिराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री