अल्डरसटमा ‘काव्य सन्ध्या’: ८ स्रष्टाका २४ थान कविता वाचन

लन्डन । साहित्य संगालो परिवार बेलायतले अल्डरसटमा आयोजना गरेको ‘काव्य सन्ध्या’मा २४ थान कविता वाचन गरिएको छ ।

शनिबार २८ सेप्टेम्बर २०२४ का दिन भएको ‘काव्य सन्ध्या’मा आठ जना कविले २४ थान कविता सुनाउनुभएको हो । कविता वाचन गर्नुहुने कविहरुमा जीवन तिवारी, शान्ति लिम्बू, काङमाङ नरेश राई, खुपेन सुनुवार, डा. संगीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, मुकेश राई र निर्भीकजंग रायमाझी रहनुभएको छ ।

कार्यक्रम सञ्चालक साहित्यकार केदार संकेतले गर्नुभएको थियो । कविहरूलाई साहित्यकार डा. मुलिवीर राईले मञ्चमा खादा लगाएर स्वागत गर्नुभएको थियो । करिब दुई घण्टा चलेको कार्यक्रममा प्रत्येक कविले तीनवटा कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारंगी र टुङ्ना बजाएर कवितामा रस भर्नुभएको थियो ।

निकट भविष्यमा साहित्य संगालो टीम बेलायतले सबै कविलाई काव्य सन्ध्याको मञ्च प्रदान गर्ने वचन पनि संस्थापक संकेतले दिनुभयो ।

अन्त्यमा डा. संगीता स्वेच्छा र काङमाङ नरेश राई र शान्ति लिम्बूका नवीनतम कृतिको बिक्री तथा पुस्तक हस्ताक्षर गरिएको थियो । कार्यक्रम सकिएपछि खानपिन तथा जलपान समारोह पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री