नेपालमा बाढीपहिरो र डुबानमा परी सोमबार अपराह्नसम्म २०० को मृत्यु, २६ जना बेपत्ता

काठमाडौँ । नेपालमा अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी सोमबार दिउँसो साढे ३ बजेसम्म २०० को मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।
प्राकृतिक विपद्मा एक सय २७ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म ४ हजार २२२ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री