बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली र गोर्खा भीसी दौड प्रतियोगिताको तयारी पूरा

लन्डन । बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली १० किमि र गोर्खा भीसी ५ किमि दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मन गुरुङले दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार दौड बिहान साढे १० बजे सुरु हुनेछ । सुरुमा १० किमिको रसमुर वेलेस्लीका सहभागीलाई दौडाइने छ । लगत्तै गोर्खा भीसी र २ किमिको फन रन सुरु गरिनेछ ।

दौड प्रतियोगिता अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । १० किमि दौडका लागि ६ सय ३२ जनाले नाम दर्ता गरेका छन् । त्यस्तै ५ किमिको गोर्खा भीसी दौड प्रतियोगिताका लागि ३५ जनाले भाग लिने अध्यक्ष गुरुङले जनाउनुभयो । गोर्खा भीसी दौड भने अध्यक्ष गुरुङकै कन्सेप्टमा यस वर्षदेखि सुरु हुन लागेको हो ।

प्रतियोगितामा विजेता, उपविजेतासहित सहभागीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र लगायत पुरस्कार दिइनेछ ।

दौड प्रतियोगिताहरु जीआरएनसी, ब्ल्याक वाटर भ्याली रनलगायत संस्थाहरुबीचको सहकार्यमा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री