सीएनसीबीजी र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालबीच जुम मिटिङ : यस्ता छन् ८ निर्णय

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल (नेपाल टिम) बीच संयुक्त जुम मिटिङ सम्पन्न भएको छ ।

आइतबार ६ अक्टुबर २०२४ मा सीएनसीबीजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको बैठकले नेपाल टिमसँग मिलेर निकट भविष्यमा नेपालमा बृहत् दबाबमूलक कार्यक्रम गर्ने, हालैको बाढी, पहिरो र डुबान पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत उपलब्ध गर्नेलगायत ८ बुँदे निर्णय भएको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

बैठकमा नेपाल टिमबाट संस्थाका उपाध्यक्ष हुमबहादुर थापा र वरिष्ठ अधिवक्ता एवं संस्थाका सचिव चेत आलेलगायत दुवै कमिटीका गरी १८ जनाको उपस्थिति थियो ।

यस्ता छन् सीएनसीबीजी र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालबीच जुम मिटिङका निर्णयहरु
१. सर्वप्रथम अध्यक्ष रानाले संस्थाको सीएनसीबीजीको अहिलेको अवधारणा के हो र कसरी नेपाल टिमसँग मिलेर हाम्रो कार्यक्रमलाई दबाबमूलक र सफल बनाउन सकिन्छ भनेर सुनाउनु भयो ।

२. त्यसपछि अध्यक्षको अवधारणालाई मध्यनजर गर्दै आफ्नो धारणा राख्ने क्रममा भूपू सैनिक कल्याणकारी समितिका सचिव चेत आलेज्यूले हामीले प्रधानमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छौं र फेरी पनि बुझाउनु पर्छ तपाईंहरुले बेलायतमा मात्र होइन् नेपलमा भएका गोर्खााहरु र उनीहरुको परिवारहरुलाई पनि अभियानमा सरिक बनाउन प्रेरित गर्नुपर्छ । यदि नेपाल सरकारले हाम्रो मागको वास्ता गरेन र संवोधन गरेन भने हामी visible हुनेगरी गरी वा हाम्रो मुद्दा अदालात दर्ता गर्न जानुभन्दा पहिला विभन्न कोण र समाजबाट व्यापक जनदबाब सिर्जना गर्नेगरी कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै अहिले नेपाल सरकारले नागरिकता सम्बन्धमा छुट्टै एउटा संसदीय समिति गठन गरेको छ सीएनसीबीजीले उक्त समितिसंग पनि समान्वयन गर्नुपर्नेमा उहॅाले थप सुझाव दिनुभयो ।

४. त्यस्तै समितिका उपाध्यक्ष हुम बहादुर थापाज्यूले हालै नेपालमा गएको बाढी, पहिरोबाट पीडितहरुका लागि गरिने राहत संकलन सिधै प्रधानमन्त्रीलाई बुझाउँदा उहाँलाई भेटने समय मिलाउन पनि सजिलो हुने र हाम्रो मागको बारेमा कुरा गर्न पनि मौका पाउने मिल्ने भएकोले त्यसकोलागि उहाँले नेपाल टिमबाट पनि सहयोग रकम उठाउने आश्वासन दिनु भयो ।

६. छलफलको क्रममा हालैको दिनमा विभिन्न गोर्खााजन्य संस्थाहरुमा पुगेर सचेतनामूलक कार्यक्रमहरु गर्दा उत्साह जागएको तर उत्साहजनक रुपमा मेम्बरशीप भने नबनेकोले अब कार्यक्रम स्थलमै सदस्यता बनाउन जोड दिने ।

७. सबैलाई आकर्षण र पारदर्शी गराउन संस्थाको वेबसाइट बनाउने ।

८ सीएनसीबीजीले बेलायतमा बाढी, पहिरो र डुबान पीडितहरुको लागि राहत संकलन गर्ने अन्तिम मिति ५ मंगलबारको दिनसम्म राख्ने । त्यसदिन जे जति रकम जम्मा हुन्छ हिसाब किताब गरेर नेपल टिमलाई पठाउने। यो एउटा मानवले अर्को पिडामा परेको मानवमाथि देखाउने सद्भाव र भएकोले तपाईं हामी यहाँ मनोरञ्जनमा सयौं पाउण्ड खर्च गर्छौं । त्यसको ठाउॅमा आफ्नो खर्च अलिकति कम गरेर भएपनि यस्तो कल्याणकारी कार्यमा १०/१५ पाउण्ड सहयोग गर्नहुन हामी सबैमा अव्हान गर्दछौं । उक्त रकम सॅकलन बन्द गरेको दिन हिसाब किताब गरेर सहयोग दाताहरुको विवरण सहित नेपाल टिमलाई पठाउने र नेपाल टिमले एकमुष्ट रुपमा प्रधानमन्त्रीलाई बुझाउने ।

अन्तमा: अध्यक्ष थर्क रानाज्यूले अब छिट्टै नेपाल टिम र सीएनसीबीजीले नेपालमा एउटा दबाबमुलक वृहत कार्यक्रम गर्ने साथै यहॅा बेलायतमा अक्टोबर महिनामा बेलायतकालागि नेपाली राजदूत आएपछि दूतावास पुगेर ज्ञापनपत्र बुझाउने र पहिला बुझाएको ज्ञापनपत्रको बारेमा सरकारको धारणा माग्ने । नेपालमा ज्ञापनपत्र बुझाउन र कार्यक्रम तय गर्न उपाध्यक्ष दल बहादुर बुढाथोकी र नेपाल टिमलाई समन्वय गरेर कार्यक्रम तय गर्ने जिम्मा दिंदै हाम्रो माग भनेको गोर्खाा र नीजका सन्ततिहरुको निम्ति वंशजको नेपाली नागरिकता नै हो । त्यो एक सुत्रिय मागमा हामीहरु स्पष्ट छौं भन्दै समापन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री