नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायत आउनुहुने

लन्डन । नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायत आउनुहुने भएको छ ।

नेपाल रन युकेले लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन मानन्धर १७ अक्टोबरमा बेलायत आउन लाग्नुभएको हो । मानन्धरलाई एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतको टोलीले बेलायत प्रस्तान गर्नुअघि बिदाइ गरेको छ ।

मानन्धर ४ पटकका ओलम्पियन एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर हुनुहुन्छ । उहाँ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री