नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायतमा

लन्डन । नेपालका किर्तीमानी धावक बैकुण्ठ मानन्धर बेलायत आउनु भएको छ ।

नेपाल रन युकेले लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन मानन्धर १८ अक्टोबरमा
लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएको हो । उहाँलाई आयोजक नेपाल रन यूकेका पदाधिकारीलगायतले एयरपोर्टमा स्वागत गर्नुभयो ।

मानन्धर ४ पटकका ओलम्पियन एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर हुनुहुन्छ । उहाँ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री