जीआरएनसी यूकेको नयाँ कार्यालय सांसद र मेयरबाट उद्घाटन

लन्डन । ग्रेटर रसमूर नेप्लिज कम्युनिटी (जीआरएनसी) यूकेको भिक्टोरिया रोड अल्डरसटमा नयाँ कार्यालय स्थापना भएको छ ।

जीआरएनसीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय शनिबारदेखि सञ्चालनमा ल्याइएको हो । शनिबार १९ अक्टोबर २०२४ मा एक कार्यक्रमबीच सांसद एलेक्स बेकर, रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र संस्थाका अध्यक्ष मन गुरुङले नयाँ कार्यालय उद्घाटन गर्नुभयो ।

महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत संस्थाबारे जानकारी गराउनुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राख्नुभएको थियो ।

अध्यक्ष गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सुरुआतमा पण्डित र लामागुरुले स्वस्तिवाचन गर्नुभएको थियो ।

सचिव सुनिल रानाले कार्यक्रम सञ्चालनका साथै स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउनुभएको थियो । सहभागीका लागि खाना र पेय पदार्थको प्रबन्धसमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री