नेपाल रनको आयोजनामा बेलायतमा आइतबार दौड हुने, ३ सय जनाभन्दा बढीले भाग लिने

लन्डन । नेपाल रन यूकेको आयोजनामा बेलायतमा आइतबार २७ अक्टोबर २०२४ मा दौड हुँदै छ ।

नेपाली समुदायले गर्ने सबैभन्दा प्रख्यात दौड ‘नर्थहोल्ट टेन के रन’को नामबाट हुन लागेको हो । २३ अक्टोबरसम्म नाम दर्ताका लागि दिइएको समयावधिमा ३ सय ३२ जनाले फार्म भरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नर्थला पार्क, नर्थहोल्टमा आउँदो २७ अक्टोबर आइतबार बिहान १० बजे दौड सुरु हुनेछ ।

सोही दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ गर्ने तयारी छ ।

उक्त दौडमा नेपालका तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पनि सहभागी हुनुहुनेछ । उहाँहरु दुवैजना बेलायत आइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री