मोना युकेको अध्यक्षमा पदम सुन्दर सर्वसम्मत चयन

मोना युथ क्लब अध्यक्षमा तारा

लन्डन । मोना युकेको अध्यक्षमा पदम सुन्दर गर्बुजा सर्वसम्मतले चयन हुनु भएको छ ।

बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेन्टमा शनिबार २६ अक्टुबर २०२४ भएको ८ औं अधिवेशनबाट पदमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक्षमा विष्णु भण्डारी, महिला उपाध्यक्षमा गंगा रोका निर्वाचित हुनुभएको छ ।

महासचिवमा मन्दिप जुग्जाली, सचिवमा रवीन्द्र रोका, कोषाध्यक्षमा मनोज पुन, सहकोषाध्यक्षमा नारायण पुन निर्वाचित भएको निर्वाचन समितिका बेल बुढाथोकीले जानकारी दिनुभयो ।

खेलकुद सचिवमा टेक बुढाथोकी, सांस्कृतिक सचिवमा नुनु पिज्जा निर्वाचित हुनुभएको छ । यस्तै मोना युथ क्लबको अध्यक्षमा तारा गर्बुजा, उपाध्यक्षहरुमा क्रमश: अर्जुन पुन र रबिन पुन निर्वाचित हुनुभएको छ भने सचिवमा नेत्रमान गर्बुजा र कोषाध्यक्षमा धन पुन (धौलागिरि) निर्वाचित हुनुभयो ।

सदस्यहरुमा मदन राना, त्रिप्रसाद पुन, गोपाल छन्त्याल, धन पुन (चिम्खोला), शिला थापा, उदिमा बुढा, मिन पुर्जा, मिना बुढाथोकी, तक्लाल पुन, मनमाया पुन र गुनदेव पुन चयन हुनुभएको छ ।

यसैगरी धौलागिरि गाउँपालिकाको सचिवमा नन्द रोका, अन्नपूर्ण गाउँपालिकाको सचिवमा तुलचन्द्र तिलिजा, गाउँपालिकाको सचिवमा खिम पुन, रघुगंगा गाउँपालिकाको सचिवमा अनिल मल्ल निर्वाचित हुनुभयो । मंगला गाउँपालिकाको सचिव र बेनी नगरपालिकाको सचिवको पद भने खाली राखिएको छ ।

अधिवेशनको दोस्रो चरणमा मोना युकेका विभागहरु युथ क्लब, सांस्कृतिक विभाग, सदस्यता विभाग, अडिट प्रतिवेदन, प्रोपर्टी विभाग र विभिन्न गाउँपालिकाका प्रतिनिधिहरु र बेनी नगरपालिकाका प्रतिनिधिले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
मोना युकेको प्रतिवेदन महासचिव बिष्णु भण्डारीले र कोषाध्यक्ष राम तिलिजाले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु छलफलपछि सर्वसम्मतबाट पारित गरिएको थियो ।

अधिवेशनका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष दलमान पुन र पूर्वअध्यक्ष उमेश रानाले अधिवेशनको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तव्य दिनुभएको थियो ।

विधान समितिका प्रमुख तथा पूर्वअध्यक्ष उमेश राना, पूर्वअध्यक्ष दल जुक्जाली र सल्लाहकार अर्जुन तिलिजाले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावलाई पनि छलफलपछि सर्वसम्मत् पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री