किरात राई यायोक्खा आशफोर्ड केन्टले खेल्यो देउसी-भैलो

लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्ड केन्टले २०८१ सालको देउसी-भैलो संयुक्त रुपमा खेलेको छ ।

शनिबार २६ अक्टुबर २०२४ को दिन एक विशेष कार्यक्रम आयोजना गरी देउसी/भैलो खेलिएको हो । समिति अध्यक्ष बसुन्धरा नयोङ्ग राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन समितिका उपाध्यक्ष शिबानी राईले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन सचिव डिल्लीराम राईले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति यूकेकी अध्यक्ष आशा राई हुनुहुन्थ्यो । अथितिहरुमा किराया बेलायतका तृतीय अध्यक्ष मेजर रि भुपजित राई, उपाध्यक्ष चन्द्रावती राई, महासचिव राजन राम्जंग राई, गंगाराज राई, मगर संघ युकेका अध्यक्ष सिता पुन, किराया प्राकास मेडीस्टनका उपाध्यक्ष बिना राई, सचिव किरण राई, सहसचिव लिनवाङ् राई, सगरमाथा गोर्खा/नेपाली समाज आशफोर्ड केन्टका वरिष्ठ उपाध्यक्ष मोहन लिम्बु, किरात याक्थुम चुम्लुङ्ग आशफोर्ड शाखाका अध्यक्ष सुन्दर लिंथेप लिम्बुलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

औपचारिक कार्यक्रमको समापनपछि देउसी-भैलो गीत र नृत्यबाट त्यस दिनको मनोरन्जन शुभारम्भ गरिएको थियो । समितिकी सचिव डिल्लीराम राई र सदस्य पूर्णिमा राईले संचलान गर्नुभएको कार्यक्रममा विभिन्न लोक तथा आधुनिक गीत साथै सामूहिक र एकल नृत्य प्रस्तुत गरिएको थियो । अन्य खेलहरुमा त्रिपासा, ढायस र तासको बन्दोबस्त गरिएको थियो ।
प्राय: विदेशमा बसोबास गर्ने नेपालीहरु यस्तो विशेष चाडको समयमा आफ्नो देश नेपालमा हुने बाबाआमा, दाजुभाइ, दिदीबहिनी, नाता, ईस्तमित्रलाई सम्झने गर्छन् । जुन स्वाभाविक हो । उनीहरु आफ्नो घर नेपालमा तिहारको समयमा सबै जना आफ्नो घर, आँगन, पसल, बाटो आदि सबैतिर सफा गरेर चिटिक्क बनाउन ब्यस्त हुन्छन् र यस्तो गर्नाले लक्ष्मीले घरमा बास बस्ने अनि सबै फलिफाप हुने विश्वास गर्दछन् । घरमा लक्ष्मीको पूजा गरिसकेपछि त्यस दिन छोरी मान्छेले भैलो मात्रै खेल्ने चलन थियो तर हिजोआज महिला, पुरुष मिलिजुली देउसी/भैलो संयुक्त रुपमा खेल्ने गरेको पाइन्छ। यसरी देउसी/भैलो खेल्नु रमाइलोको लागि मात्र नभएर विशेश कारण थियो र भनिन्छ।

एक दिन बलिहाङ्ग राजाले युद्धको लागि महायज्ञ लगाउने विचार गरेपछि आवश्यक धनराशी र सामग्रीहरु जुटाउन बलिहाङ्ग राजा विभिन्न ठाउँमा माग्दै हिँड्नुभयो र उहाँसँगै त्यस ठाउँमा बसोबास गर्ने अन्य व्यक्तिहरु पनि समूह बनाएर माग्न हिँडे। यसरी माग्ने क्रममा उनीहरुले (देउ श्री) अर्थात् पैसा देउ भन्दै हिँडे र यो पछि गएर अपभ्रम्स हुँदा देउसीरे भएको हो भन्ने चलन पनि छ । र देउसी खेल्दा हामी त्यसै आएका होइनौं बलिहाङ्ग राजाको हुकुमले गर्दा आएका हौं भन्ने गर्दछन् । बलिहाङ्ग राजा किराती मुलका थिए । जसलाई पछि गएर हिन्दु प्रचलनमा ल्याएको हो भन्ने गर्दछन् ।

कार्यक्रम दिनको ४ बजेबाट बेलुकी १०:३० बजेसम्म चलेको थियो ।

किरात राई यायोक्खा आशफोर्ड केन्टले हरेक वर्ष यसरी नै देउसी/भैलो संयुक्त रुपमा मनाउने गर्दछ। लक्ष्मीपूजाको दिन लक्ष्मीपूजासकेपछि भैलो र भोलिपल्टबाट देउसी खेल्न सुरु हुने चलन भए तापनि प्राय: विदेशतिर सबैको कामको अनुकूलता मिलाएर कार्यक्रमको आयोजना गरी एकै दिन गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री