नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको पन्ध्रौं संस्करणको अभिव्यक्ति श्रृंखला सम्पन्न

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित वार्षिक कार्यक्रम अभिव्यक्ति श्रृंखला पन्ध्रौं संस्करण सम्पन्न भएको छ ।

शनिबार टिडवर्थमा प्रतिष्ठानका अध्यक्ष टंक वनेमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुव्बा प्रमुख अतिथि रहनुभएको थियो । अतिथिहरू पाचँथर सेवा समाज बेलायतका अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बू, खोटाङ सेवा समाज बेलायतका महासचिव तथा गीतकार चन्द्रजयपाल राई, गायिका सुनिता थेवे, समाजसेवी तथा राजनीतिकर्मी नरकुमारी लिम्बू र ब्रिगेट अफ गोर्खाजका उच्चपदस्थ सैनिक अधिकृतहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुव्बा र सभाध्यक्ष टंक वनेमले पानसमा दीप प्रज्वलन गरी भिव्यक्ति श्रृंखलाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदानसँगै प्रमुख अतिथि प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुव्बा र सभाध्यक्ष टंक वनेमले नेपाली टोपी र ताम्रपत्रद्धारा सम्मान गर्नुभयो ।

कार्क्रममा लोकप्रिय गीत र मुक्तकहरू प्रस्तुत गरिएको थियो । अभिव्यक्ति श्रृंखलामा वरिष्ठ गायक गोपाल योञ्जनको देशभक्तिले ओतप्रोत गीत ‘बनेको छ पहराले यो छाती मेरो’ गाएर एकल प्रस्तुति सुरू गरिएको थियो । स्वर सम्राट नारायण गोपालको स्वर, संगीत र ईश्वर वल्लभको शब्द रहेको गीत ‘दुइटा फूल देउरालीमा’, नारायण गोपालकै स्वर, संगीत र भैरवनाथ रिमालको शब्द ‘जुन फूल मैले चाहेको थिए’, भीम विरागको शब्द, मदन क्षेत्रीको संगीत र नारायण गोपालको स्वर रहेको ‘कसरी म भुले’ जस्ता कालजयी गीतहरू प्रस्तुत गरिएको थियो ।

यसैगरी दिनेश सुब्बाको शब्द, संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘हाम्रो सुन्दर संसार थियो हुरीआई उडाई दियो’, भजन शिरोमणि भक्तराज आचार्यको कालजयी गीत ‘म कहींकतै हराय भने’, नरेश नातिको शब्द, चोक गुरूङको संगीत र राजेश पायल राईको स्वर ‘पहाड चढ्दै तराई झर्दै उमेर गयो नि हौ’ लगायतका गीत नातिले प्रस्तुत गर्नुभएको थियो ।

बाद्यबादनतर्फ प्रदिप राई, खीम गुरूङ र हेमकणर्ण राई र भोकलमा गायिका सुनिता थेवे लिम्बूले साथ दिनुभएको थियो । डेढघण्टाको समयमा दर्जनभन्दा बढी लोकप्रीय तथा कालजयी गीतहरू र बीचबीचमा गजल र चोटिलो मुक्तकहरू वाचन गरिएको थियो ।

दुई चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो महासचिव चोक गुरूङ र दोस्रो सचिव अञ्जु अञ्जलीले सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रम संगोजक संस्थाका उपाध्यक्ष मिजास तेम्बे, पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राई लगायत संस्थाका पदाधिकारीहरू साथै साहित्य संगीतप्रेमीहरूको बाक्लो उपस्थिति थियो ।

सन् २००७ सालबाट सुरू गरिएको अभिव्यक्ति श्रृंखला कार्यक्रममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, २००८ साहित्यकार दयाकृष्ण राई, २००९ साहित्यकार टंक वनेम, २०११ संगीतविज्ञ किशोर गुरुङ, २०१२ साहित्यकार अञ्जु अञ्जली, २०१३ पपगायक नोर्देन तेन्जिङ भुटिया, २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, २०१५ साहित्यकार रक्ष राई र २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुनुहुन्छ ।

यसैगरी सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई र सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङ लिम्बुलाई अभिव्यक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुअलमार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको साथै सन् २०२३ सालको अभिव्याक्ति शृंखलाका लागि गायक धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गरिएको थियो ।

बेलायती-नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृंखला’ एक महत्वपूर्ण कार्यक्रम मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री