लन्डन । मगर बौद्ध समाज बेलायतमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार ७ डिसेम्बर २०२४ मा जुममार्फत भएको समाजको चौथो अधिवेशनले रिम गलामीमगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति अध्यक्षमा रिम गलामी मगर, उपाध्यक्षहरुमा टेक खपांगीमगर, घन पुनमगर, सचिव निर्मल थापा मगर, सहसचिव दिल दर्लामीमगर, कोषाध्यक्ष दण्ड थापामगर चयन हुनु भएको छ ।
मगर संस्कार विभाग प्रमुखमा गजबिर थापामगर चयन हुनु भएको छ भने सदस्यहरुमाा बुद्धि गाहामगर, सुभाश श्रीसमगर छनोट हुनु भएको निर्वाचिन समितिले जनाएको छ । सहकोषाध्यक्ष र एक जना सदस्यको पद खाली राखिएको छ ।
निर्वाचन मण्डलले खाली पदहरुको पदपूर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मा दिएको छ। निर्वाचन मण्डल प्रमुख पूर्ण रानामगर, सचिव सरला रानामगर र सदस्य कृष्ण दर्लामीमगर रहनुभएको थियो ।
गुरु इन्द्रशक भन्तेले उपस्थित सम्पूर्ण उपासक तथा उपासिकाहरुलाई पञ्चशील ग्रहण गराएर सुरुआत गराउनुभएको अधिवेशनको पहिलो चरणमा संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
संस्थाको सांगठनिक प्रतिवेदन सचिव घन (राजु) पुनले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन दण्ड थापामगरले प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा उक्त प्रतिवेदनलगायत अन्य विषयहरुमा पनि घनिभूत छलफल भएको निर्वतमान सचिव घन (राजु) पुनले जानकारी दिनुभयो ।
मगर बौद्ध समाज यूकेका अध्यक्ष टिका दर्लामीले अध्यक्षता गरेको अधिवेशनमा उपाध्यक्ष टेक खपांगीमगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव घन पुनमगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि मगर संघ युकेकी अध्यक्ष सिता पुनमगर, अन्य अतिथिहरु मगर महिला संघ युकेकी अध्यक्ष विष्णु श्रीसमगर, मगर बौद्ध समाज बेलायतका संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्ण दर्लामी, नेपाली नागरिकता निरन्तरता युकेका अध्यक्ष तथा सल्लाहकार थर्क रानामगर, मगर संघ युके रेडिङ शाखाका अध्यक्ष सोब रेगामी, मंगल बुद्ध विहार युकेका सचिव जगत आलेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।