काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाट निस्कासित हुनुभएको छ ।
सचिवालयको बुधबार बसेको बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको हो । यस्तै नेताहरु विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उहाँहरूमाथि कारबाही गरिएको बताइएको छ ।