कांग्रेसका नेता डा कोइराला बेलायत आउनुहुँदै


लन्डन । बेलायतको संसद् (वेस्ट मिनिस्टर) परिसरमा हुने कार्यक्रममा सम्बोधन गर्न सत्तारुढ नेपाली कांग्रेसका नेता डा कोइराला बेलायत आउनु हुने भएको छ ।

बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा नेपालबाट यहाँका लागि प्रस्थान गर्ने निश्चित भएको उहाँको सचिवालयले जानकारी दिएको हो । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद् परिसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा संबोधन गर्नुहुनेछ ।

संसद्को कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री