बेलायतका राजकुमार र राजकुमारी नेपालको ६ दिने भ्रमणमा

लन्डन । बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया ६ दिने भ्रमणका लागि मंगलबार नेपाल पुग्नुभएको छ ।

राजकुमार दम्पती फरकफरक समयमा मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । राजकुमार एडवार्ड भारत भ्रमणबाट र राजकुमारी सोफिया लन्डनबाट काठमाडौं उत्रिनुभएको हो । उहाँहरुलाई विमानस्थलमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

नेपाल रहँदा राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने, काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई पोखरा भ्रमणमा जानेहुनेछ । पोखरामा उहाँहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नुहुनेछ भने उहाँहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ ।

राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुनुहुनु्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री