सरकारसँग वार्ता नमिलेपछि मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । सरकारसँग वार्ता नमिलेपछि मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।

सोमबारको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि पाथीभरा केबलकारको विरोध गर्दै आएको समूहले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैङ्कसहित आईएमई समूहको बहिष्कार गर्ने घोषणा गरेका छन्।

१. मिति २०८१ माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूह १ नं. प्रदेशलगायत देश विदेशमा बहिष्कार गर्ने ।
२. २०८१ फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’।
३. केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ ।
४. केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने ।
५. काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने ।
६. केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट विरोधपत्र पठाउने ।
७. अनिश्चितकालीन यातायात बन्द र आमहडताल ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री