यथाशीघ्र एनआरएनए सदस्यता लिन गैर आवासीय नेपाली संघ यूकेको आग्रह

लन्डन । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले यथाशीघ्र एनआरएनए सदस्यता लिन आग्रह गरेको छ । अध्यक्ष प्रेम गाहामगरले विज्ञप्ति निकालेर एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गर्नुभएको हो ।

उच्चस्तरीय समितिको वेबसाइट www.nrnahlc.com मा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउने छन् । सदस्यताका लागि आवेदन दिने मिति २८ फेब्रुअरी २०२५ सम्म तोकिएको छ ।अध्यक्ष गाहा मगरले यसपटक एनआरएनए यूकेको सदस्यता नि:शुल्क गरिएको जनाउनुभयो ।

आगामी ३-५ मे, २०२५ मा काठमाडौँमा गर्न लागिएको अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ सदस्य वा नवीकरण गराएका सदस्यहरुले भाग लिन पाउने छन्। अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोकेबमोजिम हुनेछ । अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ ।

विगतमा महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) छान्न विवाद हुने गरेकोमा यसपटक एनआरएनएका सबै वैध सदस्यहरुले काठमाडौँमा गएर तोकिएको शुल्क तिरी महाधिवेशन प्रतिनिधि बन्न र नयाँ कार्यसमिति चुन्नका लागि मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री