लन्डन । बेलायत निवासी गीतकार एवं समाजसेवी घन थापा मगरले नयाँ गीत स्रोता, दर्शकमाझ ल्याउनुभएको छ ।
उहाँले शुक्रबार आफ्नै युट्युब च्यानलबाट ‘यो दिलमा बस’ गीत सार्वजनिक गर्नुभएको हो । गीतमा प्रेम विवश घर्ती र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा गायक प्रेमले नै संगीत दिनुभएको छ ।
एरेन्ज केशव बाबु र मिक्सिङ कुमार रानाले गर्नुभएको छ । गीतको भिडियो आकर्षक बनेको छ । विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा खड्गबहादुर पुन (खबपु) र अस्मिता राना मगरको अभिनय छ । बाल कलाकारका रूपमा सक्षम घर्ती मगर र समारिया थापाले अभिनय गर्नुभएको छ ।
थापा मगरले यसअघि ‘जिलौ झोर्ले’ म्युजिक भिडियो तथा मायाको संसार, बयान, बस्ती, नबिर्स आधुनिक गीति एल्बम र फूलको मुस्कान गीतसंग्रह पस्किसक्नुभएको छ ।