पोखरा, ५ असार । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयुक्त आयोजनामा आजदेखि यहाँ सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा पाँचै विकास क्षेत्रका करिब ३६० खेलाडी सहभागी भएका छन् । प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेस्टिक, करातेलगायतका प्रतियोगिता सञ्चालन हुने राससले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुदका ऐननियम बनाएर भौतिक पूर्वाधार निर्माणमा मन्त्रालय लाग्ने बताए । मन्त्री पौडेलले पोखरा खेलकुद क्षेत्रको विकासका लागि धेरै सम्भावना भएको बताउँदै यहाँ धेरै राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी समेत गराएका थिए ।
प्रतियोगिता यही असार ७ गतेसम्म सञ्चालन हुनेछ ।