काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन गराउनका लागि सहजकर्ता तोकिएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी दिएको हो ।
संघका पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई मन्त्रालयले पत्र लेखेर सहजकर्ता तोकेको जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकेको हो ।
सर्वोच्च अदालतले गत चैत २१ मा संघका पूर्वअध्यक्ष घले नेतृत्वको उच्चस्तरीय समितिलाई निर्वाचन गराउने आदेश दिएको थियो ।