बेलायतमा मृत भेटिएका पूर्वब्रिटिस गोर्खाको पहिचान खुल्यो

लन्डन । बेलायतको फोक्टोनस्थित लयर लेयर कोस्टल पार्कमा मृत भेटिएका पूर्वब्रिटिस गोर्खाको पहिचान खुलेको छ ।

गत मार्च ५ मा मृत भेटिएका पूर्वब्रिटिस गोर्खा ७३ वर्षीय भीम लिम्बु रहेको यूकेको केन्ट अनलाइनले जनाएको छ । उहाँको मृत्युबारे सोमबार बिहान मेडस्टोनको ओकवुड हाउसमा जानकारी दिइएको हो । तर, मृत्युको कारण भने खुलाइएको छैन ।

लिम्बुले गोर्खा ब्रिगेडमा सेवा गर्नुभएको थियो । २८ नोभेम्बर १९५१ मा जन्मिएका लिम्बु फोक्स्टोनको फर्न वेमा बस्दै आउनुभएको थियो । उक्त अनलाइनका अनुसार लिम्बुको शव पार्कमा देखेपछि सर्वसाधारणले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री