एनआरएनए महासचिव पदमा उम्मेदवारी दिने बेलायतवासी इन्जिनियर त्रिपाठीको घोषणा

लन्डन । बेलायतवासी सिनियर इन्जिनियर आरके (राजकुमार) त्रिपाठीले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

१६ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय त्रिपाठीले बिहीबार आफ्ना एजेन्डासहित महासचिव पदमा उम्मेदवारी दिने बिहीबार उहाँले घोषणा गर्नुभएको हो ।

‘धेरै साथी,अग्रज सदस्यहरुसँग सल्लाह गरी एनआरएनए आईसीसीको महासचिव पदमा म आरके त्रिपाठी उम्मेदवारी दिने निर्णयमा पुगेको छु । म एनआरुएनए हितमा काम गर्नेछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले एनआरएनए नागरिकताले ग्यारेन्टी नगरेको धेरै पक्ष र समस्याहरुलाई ख्याल राख्दै वंशजको नेपाली नागरिकताको आन्दोलनलाई अगाडि लाने, सामूहिक लगानी, एनआरएनएमा युवा र बौद्धिक जागरण आफ्नो प्राथमिकता आफ्नो एजेन्डा रहेको उहाँले जनाउनुभयो ।

चुनावमा जितेमा एनआरएनको हकहितमा इमान्दार भएर बोलिरहने उहाँको प्रतिबद्धता छ । ‘तपाईंका सामु जे जे समस्या र गर्नु पर्ने काम छन्,त्यो चाहिँ आवाज उठाउने र पूरा गर्ने प्रयत्न इमान्दारिताका साथ गर्नेछु । म तपाईंहरुप्रति इमान्दार हुनेछु,’ उनले भनेका छन्,’यदि चुनावमा विजय भएँ भने पनि एनआरएनको हक,हितमा बोलिरहने छु । लेखिरहनेछु । काम गरी नै रहनेछु । आकाश झार्नेछु,पातल फोर्नेछु पनि भन्दिनँ। टुटेको विश्वासलाई मेरो नेतृत्वमा जोड्ने प्रयास गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री