गोरखा वाक जुन ८ मा

लण्डन । १३ जना भिक्टोरिया क्रस (भिसी) विजेता अग्रज गोरखा सैनिकहरूको सम्मानमा गोर्खा पीस फाउण्डेसनले यही जुन ८ तारिखमा गोरखा वाकको आयोजना गरेको छ ।

आसफोर्डको पार्कबाट बिहान ११ बजे ग्रेट चार्ट प्ले फिल्ड आसफोर्डबाट शुरु हुने १३ किलोमिटर लामो सो वाक दौडेर वा हिँडेर पूरा गर्न सकिनेछ ।

दौड पूरा भएपछि हुने कार्यक्रममा नेपालबाट आउनुभएका कलाकारहरू शीला आले र राजु परियारका साथै बेलायतका स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।

बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको गोर्खा पीस फाउण्डेसनले बेलायतको केन्ट क्षेत्रमा बसोबासरत पूर्व गोरखा सैनिकहरूलाई विभिन्न सहयोग गर्दै आएको छ । यसका साथै नेपालमा पनि शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

दौडमा भाग लिन चाहनेहरूले गोर्खा पीस फाउण्डेसनको वेभसाइट https://gurkhapeacefoundation.org/gurkha-walk-2025/ मा गई नाम दर्ता गर्न सक्नेछन् । दर्ता शुल्क १५ पाउण्ड राखिएको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री