हिंसा भड्काएर फरार भएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । चैत १५ गतेको राजावादीको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डरसमेत रहेका प्रसाईंलाई बिहीबार नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री