लन्डन । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको पहिलो अधिवेशन यही अप्रिल २८ मा हुने भएको छ ।
मिडल्याण्डको लेस्टरस्थित जंगल क्लबमा हुने अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने सभापति पवन शर्माले जानकारी दिनुभयो । अधिवेशनलाई सम्बोधन गर्न रास्वपा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्ले बेलायत आउनुहुने भएको छ ।
अधिवेशनमा बेलायतस्थित नेपालका राजनीतिक पार्टीनिकट विभिन्न संगठनका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको छ । रवि लामिछाने नेतृत्वको रास्वपा प्रवास संगठनको रुपमा सन् २०२३ मा यूकेमा गठन गरिएको हो ।
लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दामा जिल्ला अदालत रुपन्देहीमा पुर्पक्षका लागि थुनामा छन् ।