लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ ।
प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा आउनु हुने छ भने युरोप अमेरिका र इन्चार्ज घनश्याम पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।
अध्यक्ष भुसालका अनुसार महासचिव पोखरेल र इन्चार्ज पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय अध्यक्ष थापा अधिवेशनमा बेलायत आउने पक्का भैसकेको छ । अधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन भएका छन् ।अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी, सदस्यहरु दिनेश घिमिरे, विनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलकराम भट्टराई हुनुहुन्छ । त्यस्तै, प्रचारप्रसार समितिमा संयोजक श्याम लुइँटेल र सदस्यहरुमा अर्कराज तिम्सेना, शम्मु अर्याल, विदुर खत्री र दुर्गा बाँनिया हुनुहुन्छ ।
त्यस्तै, अधिवेशन प्रतिवेदन लेखन समितिमा संयोजक तुंगभद्र भुसाल र सदस्यहरुमा कृष्ण भण्डारी, डा. मुकुन्द बास्तोला, पुण्य रेग्मी, बालकृष्ण भुसाल, पशुपति पोखरेल र श्याम लुइँटेल हुनुहुन्छ । अधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्ने अतिथि सत्कार समितिमा संयोजक भण्डारी, सदस्यहरुमा केशरी क्षेत्री, दुर्गा बानियाँ र राममाया थापा हुनुहुन्छ । यस्तै, अधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मेवारी डा बास्तोलालाई दिइएको छ भने सदस्यहरुमा शम्मु अर्याल, जोनी पहारी, तारानाथ भण्डारी र राममाया थापा हुनुहुन्छ ।
आर्थिक व्यवस्थापन समिति संयोजकमा पुण्य रेग्मी र सदस्यहरुमा अर्जुन चापागाईं, गोविन्द सापकोटा चयन हुनुभएको छ भने प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक बालकृष्ण भुसाल, सदस्यहरुमा भीमलाल भट्टराई, मोति खरेल, पदम गोले, बिमश शर्मा, राममाया थापा हुनुहुन्छ । बैठकले अधिवेशन मूल व्यवस्थापनका लागि कार्यसमितिलाई जिम्मा दिइएको छ भने अधिवेशनको हल व्यवस्थापन र खानाको व्यस्थापनका लागि पशुपति पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
जसमा पदम गोले, शम्मु अर्याल, गोविन्द सापकोटा र तारानाथ भण्डारी रहनुभएको छ ।