सहकारी ठगीमा संलग्न नेपाली कांग्रेस सांसद माया राई पक्राउ


काठमाडौं । सहकारी ठगीमा संलग्न नेपाली कांग्रेस सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा मुछिएकी राईलाई प्रहरीले शनिबार कपनस्थित घरबाटै पक्राउ गरेको हो । सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताउनुभयो ।

राई स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन् । त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो । सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन् । भोजपुरकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री