१६ औं यलम्बरहाङ कप एफसी केन्टको कब्जामा

लन्डन । बेलायतमा २६ अप्रिल शनिबार आयोजित यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १-० अन्तरको गोलले पराजित गर्दै एफसी केन्टले उपाधिमाथि कब्जा जमाएको हो । विजेता टिमलाई यलम्बरहाङ कप, एक हजार पाउण्ड नगद र ट्रफी प्रदान गरियो । फार्नबोरो रनरअप इलाइटले ५ सय पाउन्ड, ट्रफी प्राप्त गर्‍यो ।

किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, प्रमुख अतिथी पूर्वमन्त्री विजयप्रकाश थेबे, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा मेन, भेट्रान र सुपर भेट्रान गरी कुल ३२ टिम प्रतिस्पर्धी थिए । भेट्रान समूहतर्फ धरान ११ विनर र केवाईसी यूके वारवीकसायर रनरअप बने भने सुपर भेट्रान समूहमा इलाम एफसी विजेता र मेडस्टोन गोर्खा फुटबल क्लब रनरअप भए ।

प्रतियोगिता हेर्न तमुधी यूकेका सल्लाहकार एकेन्द्र गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष बिमला सेने, एन आरएन आइसीसी सदस्य लिला सेलिङ माबो लिम्बूलगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री