बेरुत, ११ असार । सिरियाको कोबाने सहरमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा परी १२० जना सर्वसाधारणको मृत्यु भएको समाचार छ । गत २४ घन्टा अघि मात्र आइएस लडाकू समूह जिहादीको कोबाने सहरमा आएर आक्रमण सुरु गरेका मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । चिकित्सक स्रोतका अनुसार कोबाने सहरका बासिन्दाहरुको घरभित्र नै पसेर आइएस लडाकू समूहले हत्या गर्नुको साथै रकेट आक्रमण समेत गरेका थिए ।
यसैगरी सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्देल रहमानले यस हत्याको पुष्टि गर्नु भएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको द्वन्द्व केही समयपछि गृहयुद्धहमा परिणत भएको थियो ।
त्यसमाथि पनि आइएस् लडाकू समूहले आतङ्क बढेपछि सन् २०११ देखि हालसम्म २ लाख ३० हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । त्यसैगरी जारी द्वन्द्वको कारण लाखौ व्यक्ति घाइते भएका छन् । जारी द्वन्द्वबाट बच्नको लागि देश भित्र र छिमेकमा लाखाँै सिरियाली शरणार्थी बन्न पुगेका छन् ।